हेल्पिङ हयाण्ड बालगृहको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
वि.सं.२०८० भदौ ३ आइतवार १२:५४
shares

काठमाडौं, ३ भदौ । बाल अधिकार को संरक्षण र सम्बर्द्धन का निम्ति कार्यरत सस्था हेल्पिङ हयाण्डले हरेक बर्ष झै यसपटक पनि सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ। नागर्जुन नगर पालिका वडा न ५ का वडा अध्यक्ष महेश रिमाल को प्रमुख आतिथ्यतामा सप्पन्न भएको सो कार्यक्रममा अध्यक्ष रिमाल ले स्थानीय तह बाट सस्थाले गर्ने काममा सदैव सहयोग रहने बताए।
आफ्नो नगर पालिका र वडा बालबालिका को बिषयमा संवेदनसिल रहेको धारणा राख्दै बाल अधिकार को क्षेत्रमा आफुले राम्रो काम गर्ने प्रतिबद्धता जनाए। सस्थाका अध्यक्ष गणेश नेपाली को अध्यक्षतामा भएको सो कार्यक्रममा नागर्जुन नगर पालिका महिला बालबालिका शाखाकि सिता सोति ,जन उद्घार मा बि का प्रधान ध्यपक राजन न्यौपाने ,आदेश्वर टोल सुधार समितिका अध्यक्ष बिशाल सिन्तान ,आदेश्वर खानेपानी तथा फोहोर ब्यबस्थापन समितिका अध्यक्ष सन्जित राइ इलाका प्रहरी कार्यलय का कृष्णराम बिसन्खे बाल गृह महासघ का अध्यक्ष रमेश देब सुनुवार लगायतले धारण राखेका थिए ।
बाल अधिकार बादी अभियन्ता कल्पना तिमल्सिना ले सामाजिक परिक्षणको रिपोर्ट प्रस्तुत गरेकी थिइन।सस्थाको बित्तीय अबस्था र हाल काम गरिरहेको बिषयमा उनले रिपोर्ट प्रस्तुत गरेकी थिइन।









