Dhulikhel Eco Banner new

पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौं : मन्त्री किराती

4.56K
shares

काठमाडौं, ३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताका छन् । पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताइका हुन् ।

‘लामो समय अगाडि बनेको पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको समस्या समाधान गर्न सक्दैन, पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको छ’, उनले भने । पर्यटनमन्त्री किरातीले स्रोतसाधनको अभावकाबीच पनि पर्यटक प्रहरीले उत्कृष्ट रुपमा कार्यसम्पादन गरेको बताए। पर्यटन क्षेत्रले मात्र देशको विकास र आर्थिक उन्नती हुने उनको भनाइ थियो ।

उनले अथाह पर्यटकीय सम्भावना भएको मुलुक नेपालको पर्यटनलाई विश्व बजारमा लैजानका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताए । उच्च निष्ठावान भएर मन, बचन र कर्मले काम गर्न उहाँले पर्यटक प्रहरीलाई निर्देशनसमेत दिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिममा प्राप्त गरेका अनुभवलाई कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्न आग्रह गरे ।

नेपाल प्रहरीले युनाईटेड नेशन (युएन) मार्फत नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गरिरहेको उनको भनाइ थियो । तालिम संयोजक, प्रहरी उपरीक्षक चित्रबहादुर गुरुङले नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकलाई सेवा र सुरक्षा प्रदान गर्न पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताए। अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उजागर गर्न पर्यटक प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने उनको भनाइ थियो ।