Dhulikhel Eco Banner new

कागेश्वरी मनोहराका प्रशासकीय अधिकृतले बढुवा रोके

10.21K
shares

काठमाडौं, ६ भदौ। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले ऐन कानुनमा भएको कुरा कर्यान्वयन नगरेको पाईएको छ । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको तह वृद्धिको लागि स्थानीय तहलाई सम्पूर्ण अधिकार दिइएको छ ।

 ऐनमा उल्लेख भएअनुसारको सम्पूर्ण प्रकृया पुर्याएर निवेदन पेस गर्दा पनि पद बढुवा नभएको भन्दै कागेश्वरी मनोहरा नगरपालिकाका स्वास्थ विभागमा कार्यरत कर्मचारीहरु प्रमुख प्रशासकिय अधिकृतदेखी निकै आक्रोशित छन् ।

‘नगरका प्रमुख प्रशासकिय अधिकृतको काम कानून पालना गर्नु गराउनु हो तर स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ को उपदफा २ को (ख) बमोजिम स्तरवृद्धि सम्बन्धी प्रकृया पुग्दा पनि हामीले कानुन जान्दैनौं भन्दै प्रमुख प्रशासकिय अधिकृतले टारे मात्रै ।’ स्वास्थ्य सेवा विभागका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने ‘विभिन्न निकायमा पत्राचार गरी राय माग ग¥यौ, ति निकायले पनि नगरपालिकालाई स्वास्थ सेवा ऐनको दफा ९ बमोजिम कार्य गर्न आग्रह गरेको थियो ।’

प्रमुख प्रशासकिय अधिकृतले सम्बन्धित निकायको पत्रलाई व्यवस्था गर्दै ऐन बाहिरका कुराहरु माग गर्दै स्तर वृद्धि नगर्ने गरेको विभागमा कार्यरत कर्मचारीहरु गुनासो गर्छन् । अधिकृतको हठका कारण कर्मचारीको स्तर वृद्धि रोकिएको समानताको हक, रोजगारीको हक, मौलिक हक अधिकारमा आघत पुगेको विभागमा कार्यरत कर्मचारीको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृतले ऐनमा आवश्यक भन्दा थप कागजात मागेर तनाब दिएको उनीहरुको गुनासो छ । केटीएम भ्वाइसको सम्पर्कमा आएका कागेश्वरी मनोहरा नगरपालिकाका स्वास्थ विभागका अर्का कर्मचारीले ऐन अनुसार काम नगर्ने कर्मचारीले अन्य कर्मचारीलाई दुःख दिएको गुनासो गरे ।

प्रमुख प्रशासकिय अधिकृतको हठका कारण कतिपय कर्मचारी अदालत जान वाध्य भएको र मुद्दा जितेको नजिर रहेको पनि उनले बताए । ‘यस्ता नजिरहरु थुप्रै छन् यो त एउटा उदाहरण मात्रै हो ।’

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले भने बढुवा माग गर्ने कर्मचारीको योग्यता नपुगेको दावी गरे । तेस्रो तहबाट जागिर सुरु गरेकी एक कर्मचारीले बढुवा माग गरेको बताउदै बर्तौला भन्छन्,‘उनको योग्यता नै पुग्दैन त कसरी बढुवा गर्ने ? यदि अदालतले उहाँको पद बढुवा गर भन्यो भने त बढुवा भइहाल्छ ।’ अन्य धेरै पालिकामा यस्ता धेरै कर्मचारीको बढुवा नभएको बर्तौलाले दाबी गरे ।