Dhulikhel Eco Banner new

नयाँ बजारका व्यवसायी दशैं कुरेर बसेका छन् : राजेन्द्रबाबु श्रेष्ठ

20.41K
shares

काठमाडौं, ७ असोज । नेपाल राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष रहेका राजेन्द्रबाबु श्रेष्ठ आफैं नयाँ बजार क्षेत्रमा फेन्सी पसल सञ्चालन गर्छन् । फेन्सी व्यवसायीका संरक्षक समेत रहेका श्रेष्ठ व्यवसायीमा निराशा छाएको कुरा गर्छन् । अघिल्ला वर्षहरुमा तीज सुरु भए लगत्तै पसलमा उपभोक्ताको घुइचो लाग्थ्यो । अहिले लगभग सुनसान छ । श्रेष्ठको भनाई अनुसार आम व्यवसायी अहिले दशैं कुरेर बसेका छन् यदि दशैंमा पनि राम्रो व्यापार भएन भने दशैंपछि व्यवसायीसंग सटर बन्द गर्नुको विकल्प बाँकी रहँदैन । ‘सबै व्यवसायी साथीहरु दशैं कुरेर बसेका छन्, यदि दशैंमा पनि व्यापार भएन भने यस क्षेत्रमा आधा सटर बन्द हुन्छ ।’ उनले भने ।

आर्थिक संकटकै कारण व्यापार कम भएको उनको निष्कर्ष छ । सर्वसाधारणसंग पैसा नभएकै कारण किनमेलका लागि आउन छाडेको धारणा राख्ने श्रेष्ठले होलसेलले उधारो बन्द गर्दा आफुहरु थप मर्कामा परेको बताए । ‘पहिला पहिला होलसेलले उधारो दिन्थ्यो । अहिले होलसेललाई पनि समस्या परेर होला उधारो दिँदैनन् ।’ उनले उधारो कारोबार बन्द भएको कुरा गरे । होलसेलले उधारो दिन छाडेसंगै बैंकहरुले लोनमा कडाई गर्दा व्यवसायी समस्या परेको श्रेष्ठको भनाई छ । सबै उपाय सकिएको हो त ? त्यति धेरै निराश नहुन आग्रह गर्दै उनी भन्छन् ‘बैंकहरुले सस्तो व्याजमा सजिलै लोन दिने हो भने बजार फेरि चलायमान बनाउन सकिन्छ ।’ उनले उपायको कुरा गरे । यसका लागि सरकारको भुमिका पनि सकारात्मक भइदिए हुनथ्यो भन्ने लागेको छ उनलाई ।

एक हप्तासम्म बोहनी हुँदैन
पसलमा गम्मा गम्मी ग्राहक हुँदा हुन् त व्यवसायीहरु व्यापारमै व्यस्त हुन्थे । ग्राहकको चाप कम भएकै कारण अहिले व्यवायीलाई एक अर्काको हाल खबर बुझ्नका लागि समय पनि मिलेको छ । कतिपय दोकानदारहरु एक हप्तासम्म बोहनी नभएको कुरा सुनाउछन् । त्यस्ता कुराले उनलाई खिन्न बनाउँछ । व्यवसायीमा अब एउटै घिडघिडो बाँकी छ दशैं । दशैंलाई भब्य बनाउनका लागि नयाँ बजारका व्यवासायीले आकर्षक उपहार योजना ल्याएका छन् । विगतमा पनि यस्ता योजना ल्याउथे । प्राय ठूला मान्छे केन्द्रित मात्रै हुन्थ्यो । यसपाली बालबालिकालाई पनि ध्यानमा राखेर उपहार योजना सार्वजनिक गरेका छन् । ‘यसपाली हामीले बालबालिकालाई पनि फोकस गरेर उपहार योजना ल्याएका छौं ।’ उनले भने ।

भाडा महंगो, फूटपाथको असर परेन
विगतमा व्यापार राम्रो भएकै कारण यो क्षेत्र महंगो क्षेत्रको रुपमा चिनिन्छ । भाडा असाध्यै महंगो छ । टाउन प्लानिङको क्षेत्र भएकाले पार्किङका लागि भने समस्या नभएको उनी बताउँछन् । काठमाडौं महानगरपालिकाले फूटपाथको व्यापार हटाउने कुरा गरिरहँदा सटरवाला व्यवसायीमा एक खालको आश थियो ‘अब व्यापार बढ्छ ।’ फूटपाथको व्यापार हट्यो तर, दोकानदारको व्यापार बढेन । फूटपाथमा किन्ने ग्राहकहरु पसलमा पनि आउथे, फूटपाथ बन्द भएपछि पसलको पनि व्यापार घटेको छ ।’ उनले भने ।

अचेलका ग्राहक धेरै छुट माग्छन्
आर्थिक मन्दिसंगै ग्राहकको चाहनामा पनि परिवर्तन आएको बुझेका छन् उनले । पहिला पहिला ग्राहकहरु आउथे दुई चारवटा लुगा छान्थे । एकमुष्ठ छुट दिँदा मान्थे । अहिले गा¥हो छ । उनको भनाई अनुसार अहिले ग्राहकले प्रत्येक सामानको भाउ मात्रै सोध्दैनन्, छुट दिइसकेपछि पनि एकमुष्ट छुट माग्छन् ।

तस्विर : उज्जल पौडेल