राप्ती हाइड्रो र आदर्श लघुुवित्तलाई आईपीओ बिक्री गर्न अनुमति
वि.सं.२०७९ जेठ ११ बुधवार १२:०५
4.93K
shares
shares

काठमाडौं, ११ जेठ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्न अनुमति दिएको छ ।
बोर्डले जेठ १० गते मंगलबार राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ जारी गर्न अनुमति प्रदान गरेको हो ।
सेबोनले राप्ती हाइड्रोलाई अंकित मूल्य १०० रुपैयाँ २९ करोड ४१ लाख रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता र आदर्श लघुवित्तलाई अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।

















