Dhulikhel Eco Banner new

मलाई नयाँ चाहिँदैन, पुरानो नोट सफा भए हुन्छ : मनोज ज्ञवाली

4.19K
shares

काठमाडौं, ३ कात्तिक । टिकाटालोका लागि नयाँ नोट साट्नेहरुको लाइनले राष्ट्र बैंकको प्राङ्गण भरिएको छ । घटस्थापनाको दिनदेखी राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण सुरु गरेपछि राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकहरुमा नयाँ नोट लिन चाहने ग्राहकको भिड घटेको छैन ।

सर्वसाधारणहरु नयाँ नोट साट्न लाइन बसेकै सन्दर्भलाई जोडेर नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले सामाजिक सञ्लाल फेशबुकमा नोट छाप्न वर्षेनी राष्ट्रको करोडौं रुपैयाँ खर्च हुने भन्दै सकेसम्म डिजिटल बैंकिङ प्रयोग गर्न आग्रह गरेका छन् ।

आफुलाई नयाँ नोट आवश्यक नपर्ने भन्दै उनले लेखेका छन् ‘मैले यस पटक सफा नोट मात्रै प्रयोग गर्ने निर्णय गरेको छु । नयाँ नोट सटही नगर्ने निर्णय गरेको छु ।’ दशैंमा सटही गरिएका नोटहरुको आयु कम हुने भन्दै उनले नोटहरुमा टिका पानी लगाइने, तोड मोड गर्ने प्रवृत्तिले नोटको आयु कम हुने उल्लेख गरेका छन् ।

‘नयाँ नोट सटही गर्न आज विहान ६ बजे देखि नेपाल राष्ट्र बैंकको गेटमा देखिएको लाईन हो यो । एक सय रुपैयाँको नयाँ नोट न १०१ मा चल्ने हो न त पुरानो नोटको मूल्य ९९ हुने हो । दशैंमा सटही गरिएका नोटहरुको आयु कम हुन्छ । नोट हरुमा टिका पानी लगाइने, तोड मरोड़ हुने, तास खेल्न प्रयोग हूने कारण नोटहरुको आयु कम हुन जान्छ ।’ उनले लेखेका छन् ।

दशैंमा सटही गरेका साना नोटहरु तिहारपछि झुत्रो भएर बैंकमा आउने भन्दै ज्ञवालीले खुद्रा नोट व्यवस्थापन गर्न राष्ट्र बैंकलाई गा¥हो हुने उल्लेख गरेका छन् ।