Dhulikhel Eco Banner new

पुँजी बजार बिना कुनै पनि देशको समृद्धि सम्भव हुँदैन : रमेश हमाल

9.93K
shares
  1. धितो पत्र बजारको सवालमा दक्षिण एशियामै कमजोर वित्तीय साक्षर भएको मुलुकका रुपमा चिनिन्छ नेपाल । हाम्रोमा ५७ लाख हाराहारीले डिम्याट खाता खोलेका छन् भने १८ लाख जतिले दोस्रो बजारमा कारोबार गर्छन् । बजारमा प्रवेश गर्ने मध्येमा पनि वित्तीय साक्षरता सिमितमा मात्रै भएको अनुभव गरेका छन् नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले । पुँजी बजारलाई बैंकको अल्टरनेटिभ भेइकल मान्ने हमाल बजारलाई सिष्टमेटिक बनाउन आफुले पहल गरेको धारणा राख्छन् । उनै सँग गरिएको कुराकानीको अंश :

पुँजी बजार किन चाहिन्छ ? पुँजी बजार भनेको के हो ?

हामी दक्षिण एसियामा नै सबैभन्दा न्यून वित्तीय साक्षरता भएका मुलुकका रुपमा चिनिन्छौं । नेपालको बजारलाई दीर्घकालिन रुपमा बलियो र सन्तुलित बनाउने जिम्मेवारी हाम्रो काधँमा छ । पुँजी बजार अर्थतन्त्रको अभिन्न अङ्गको रुपमा भएकाले अझ बढी रोल खेल्नु पर्ने हुन्छ । जति गर्न सक्नु पर्ने हो गर्न सकेको छैन । वित्तीय साक्षरता भनेको मार्केट रेगुलेसनमा पहिलो क्राइट एरिया हो । त्यसपछि मात्रै फन्डामेन्टलमा बजारमा बस्ने लगानीकर्ताले काम गर्छन् ।

पुँजी बजारको आवश्यकता कत्तिको छ ?

पुँजी बजार बिना कुनैपनि देशको आर्थिक प्रणाली र आर्थिक समृद्धि सशक्त हुन सम्भव छैन । पुँजी बजार भनेको एक किसिमको बैंकको एउटा अल्टरनेटिभ भेइकल हो । बैंक एउटा भेइकल हो, अर्थतन्त्रलाई अगाडी सार्नलाई पुँजीको संकलन र वितरणको लागि पुँजी बजार अर्को माध्यम हो । यस मार्फत उत्पादनमूलक क्षेत्रमा लगानी जान सक्छ । सानासाना रुपमा छरिएर रहेका पँुजीहरु संकलन भएर देशको आर्थिक निमार्णमा लगानी गर्ने यो भन्दा उच्चतम पाटो अरु छैन । सारा संसारले यहीँ माध्यमबाट प्रगति गरेका छन्, तर, हामी धेरै पछाडी परेका छाैं । अब हामीले एक किसिमको राष्ट्रिय अभियानका रुपमा यसलाई अगाडी बढाउनु पर्ने छ ।

यसको दीर्घकालिन हितका लागि काम गरिरहेका छाैं । हामी सर्ट ट्रमको लागि काम गरेका छैनौं, लङ ट्रमका लागि हामीले पँुजी बजारलाई असाध्यै पारदर्शी, स्वच्छ बनाउँने अभियानमा छौं । यसका लागि सबै एउटै बुकमा पेल्ये बाई द सेम रोल, रुल अफ रोल स्ट्रङ हुनुपर्यो । मेनुपुलेसनलाई निर्रकुल गर्नुपर्यो र बजार चाहीँ सफा पोखरी हुन जरुरी छ । अहिले कतिपयलाई लाग्छ पोखरी धेरै फोहोर भएकाले यस्तो भएको । त्यसकारण पहिला पोखरी सफा बनाउँन जरुरी छ । पोखरी सफा बनाउँने काम नै नियमक निकाय र सरकारको हो । सफा पोखरी भएपछि नेपालमा पुँजीको संकलन अहिले भन्दा कयाँै गुणा बढी हुन्छ र यो संकलन बल्ल नेपालको आर्थिक प्रगतीमा गर्न सकिन्छ ।

लगानीकर्ताको संख्या एकदमै बढेको छ, संख्या त बढ्यो तर लगानीकर्तामा शेयर शिक्षा अझ भनौ यो पुँजी बजारको विषयमा कत्तिको अवेयर भएर लगानी गरेको पाउनु हुन्छ ?

हामीले प्राप्त डाटा हेर्दा नेपालको जुन स्टाटिस्टिक छ, त्यसमा हाम्रो वित्तीय साक्षरताको हाराहारी २० प्रतिशत मात्रै हो । पुँजी बजारमा जनताको सहभागिता नि अलमस्ट २० प्रतिशत नै छ । तर, ति २० प्रतिशत सेम व्यक्ति होइनन् । यदि हामी कहाँ वित्तीय साक्षरता राम्रो भइदिएको भए जनसहभागिता धेरै हुनु सकारात्मक पक्ष हो । वित्तीय साक्षरता भएको ठाउँमा यति ठूलो आर्कषण छ यो आफैंमा अननेचुरल जस्तो देखिन्छ । एक किसिमले र यसले समस्या र चुनौती पनि ल्याएको छ । यो चुनौतीलाई चिर्नका लागि हाम्रो सामथ्र्यले दिइरहेको छैन । लगानीकर्ताहरु जो बजारमा छन्, तिनीहरु वित्तीय साक्षर छैनन् ।

वित्तीय साक्षर भएको मान्छेले पनि यसको पुरै प्रणालीको इको सिस्टम पुरै कन्सिसटेन्टलि बुझेका छैनन् । आफ्नो हितको लागि मात्र बुझ्नुलाई वित्तीय साक्षरता भनिदैन । कन्सिसटेन्टलि विश्वको प्रणाली के हो ? त्यो कुरा लागू हुन्छ कि हँुदैन भन्ने कुरा हो । तर वित्तीय साक्षरता कम भएको मुलुक भएकाले हामी कहाँ चुनौती बढी आएको छ । यस्तो किन भयो भने हामी सँग हाराहारी ५७ लाख डिम्याट अकाउन्ट होल्डरहरु छन् । करिब १८ लाख जतिले दोस्रो बजारमा कारोबार गर्ने अकाउन्ट खोलेका छन् । डिम्याटमा करिब करिब १३/१४ लाख त डकुमेन्ट अकाउन्ट पनि छन् भन्छन् । त्यो अनुसारले ४५ लाखको हाराहारीमा डिम्याट अकाउन्ट होल्डरहरु छन् । त्यो पनि एकदम उच्चतम रेसियो हो । त्यसो भएर पनि हामी कहाँ अलिकति नियमक निकायलाई चुनाैती छ ।

हाम्रो बजारमा नियमक निकायको अनावश्यक आलोचना भइरहेको पनि पाउँछौ, त्यो लगानीकर्ताहरुले नाफा कमाइन्छ नै भन्ने सोचेर लगानी गरेर पनि त्यस्तो समस्या आएको हो कि ?

वित्तीय साक्षरता नभएर नै हो । पँुजी बजार भनेको कुनै पनि व्यवसाय गर्नु कुनै ग्यारेन्टेड मोडल त होइन । त्यसमा नाफा नै कमाइन्छ भन्ने ग्यारेन्टि हुँदैन । सबैको चाहना नाफा कमाउने नै हो, हुनु पनि पर्छ तर नाफा कमाउने क्रममा कहिले सर्ट ट्रममा घाटा पनि हुन सक्छ र त्यसलाई सस्टेन्स गर्नुपर्छ भन्ने प्रणाली हो । हामी कहाँ त्यो सोच अलिक बढी व्याप्त रह्यो । नियामक निकायहरु, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल सरकारलाई गाली गर्ने हुन्छन्, समाज नै यस्तै छ । तर नियमक निकायले सन्तुलित रुपमा नीति निर्माण गर्दा सधै परिपक्व निति बनाउँनुपर्छ । हाम्रा नितिहरु कन्सिसटेन्स हुनुपर्छ । एउटा दिशामा एउटा फिलोसिपमा आधारित हुनुपर्छ । फिलोसिप बनाएर हाम्रो दीर्घकालिन लक्ष्य यो हो, यो लक्ष्यमा पुग्न हामीले कसरी अगाडी बढ्ने भन्नेमा हामीले स्टेप बाइ स्टेप नितिहरु ल्याउनुपर्छ । किनभने कहिले काहीँ अचानक ल्याएको नीतिहरुले बजारमा चाहेको प्रभाव पार्न सक्दैन ।

नियामक निकायको हिसाबले लगानीकर्तालाई अवेयर गराउनका लागी धितोपत्र बोर्डले केही त्यस्ता कार्यक्रमहरु ल्याएको छ ?

हामीले परमपरागत रुपमा जुन वित्तीय साक्षरता कार्यक्रम गर्छौ म आफैं भन्छु त्यो त्यति प्रभावकारी छैन । यहाँहरुले गर्नु भएको कार्यक्रम प्रभावकारी छ । यसले केहीँ आधारभुत प्रभाव पार्छ । हामीले पहिला तामझाम पूर्ण कार्यक्रम गरेका थियौं पहिला । तर यो वर्ष परम्परागत प्रणालीबाट बिल्कुलै हटेर नयाँ कार्यक्रम गरेका छौं । यसपटक एफएनसीसीआईको ७७ जिल्लामा भएको शाखा सञ्जाललाई शक्तिको प्रयोग गरेर हामीले कार्यक्रम ग-र्यौ । त्यो गर्दा हामीले ७७ जिल्लामा हाम्रो एक्सेस पुर्याउन सक्यौ ।

हामीले यो बजारमा भएका जुन सु्शासन र वित्तीय साक्षरताका कुराहरु छन् र आर्थिक प्रणालीका कुराहरु छन् तिनीहरुलाई जनमानसमा बुझाउन सक्नु पर्यो । एफएनसीसीआईसँग हाम्रो पार्टनरसिप सुरुवात भइसक्यो । हामी यो दशैं लगत्तै जिल्लाहरुमा पाइलट मोडल सञ्चालन गर्दै छौ । हामीले यो वर्षको बाँकी रहेको ९ महिनामा ३० वटा जिल्लामा कमसेकम कार्यक्रम गर्ने भन्ने हाम्रो टाग्रेट छ । किनभने हाम्रो वित्तीय साक्षरतामा यति कमी छ, हामीले यसलाई प्रमुख स्ट्राटेजि बनाउनु पर्छ । त्यसैले हाम्रो फोकस यसैमा हुनुपर्यो । हामीले साक्षरता वृद्धि गर्नुपर्यो ।

एउटा लगानीकर्ताले लगानी गरेको ठाँउ अझ भनौँ पुँजीबजारबाट कसरी नाफा कमाउन सक्छ, उसले सोच्नु पर्ने आधारभुत कुराहरु के के हुन, हाम्रो लगानीकर्तामा त्यो के छैन ?

हाम्रो नेपालमा अधिकांश जाने बुझेका, पढेलेखेका मानिसहरु पनि चाँडै मात्तिने, चाँडै आत्तिने स्वाभावका छौ । लगानी यस्तो क्षेत्र हो, जहाँ कन्सिसटेन्सि चाहिन्छ । चाहे खराब होस् या सहि । चुनौतीपूर्ण होस् वा सजिलो अवस्थामा । व्यवहारमा कन्सिसटेन्सि चाहिन्छ । लगानीको लागि उनीहरुलाई विभिन्न किसिमको सर्कमस्टानसेस चेन्ज जस्तो लगानीमा उनीहरुले हेर्ने के हो इन्भेस्टरको पहिलो एङ्गलबाट हेर्नु पर्यो । इन्भेस्टरले खोजेको भनेको पोलिसिको सुनिश्चितता हो त्यसमा केही गुणात्मक रुपमा तुलनात्मक रुपमा केही कुराहरु कम घटी हुन्छ तर डिरेक्सन एउटै छ ।

अहिले हामी कहाँ कमी भनेको पोलिसि कन्सिसटेन्सि विभिन्न निकायका बिचमा पनि इन्टर र्कोडिनेसन छैन । इन्टर बडी र्कोडिनेसन हाम्रो कमजोर भयो, त्यसले गर्दा पनि लगानीकर्ताहरु कहिले ट्याक्स पोलिसि हेरिरहेका छन्, कहिले राष्ट्र बैंकको मोनिटरिङ पोलिसि हेरिरहेका छन्, कहिले धितोपत्र बोर्डको पोलिसि हेरिरहेका छन् र यि सबै पोलिसि निर्माण गर्दा हामीले सम्पूर्ण निकाय एक भएर बस्नु पर्ने छ । एक महिना अगाडीको उच्चस्तरिय वित्तीय समन्वय समितीमा मैले यो कुरा उठाएको थिए । गर्भनर ज्यू र मैले संयुक्त रुपमा यो कुरा उठाएका थियौं । सबै पोलेसि निर्माणमा एक अर्का सबै नियामक निकायको आ आफ्नो इन्डिपेन्डेट भूमिका त छँदैछ । त्यो भूमिका हुदाँ पनि पोलेसि मेकिङमा चाहिँ हाम्रो कमन एक्सरसाइज, कमन प्लाटफर्म चाहिँ हुनुपर्छ भन्ने मेरो धारणा हो ।

पूँजी बजार सुधार र विस्तारका लागि नीतिगत पोलिसि पनि केही सुधार गर्नुपर्ने छ ?

सर्वप्रथम ऐन धेरै पुरानो भयो । यो ऐनको सुधारमा छौ हामी । वल्र्ड बैंकसँग सहकार्य गरिरहेका छौ । यो हप्ता मात्रै हामीले बोर्डमा त्यो ऐनको मस्यौदा पास गरेर वल्र्ड बैंकसँग बसेर ड्राफ्ट गरेको नेपाल सरकार अर्थ मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयमा पठाएको छौं । अब यहीँ सेसनमा हामीले यो वर्षको संसदमा पुर्याउने भन्ने छ । हाम्रा सबै नियमावली हामीले संशोधन गर्नुपर्ने छ । म आएदेखि मैले दीर्घकालिन रुपमा धितोपत्र बोर्डको भूमिकाको बारेमा र यसले बजारमा ल्याउनु पर्ने जुन प्रगति र सन्तुलन हो यो २ वटै कुरालाई अगाडी बढाएको छु ।

नेपालको अर्थतन्त्रमा पुँजी बजारले ठूलो भूमिका खेलोस अर्थतन्त्रको निमार्णमा योगदान देओस् भन्ने दिशामा मेरो लङ ट्रम भिजन थियो । लङ ट्रम भिजनलाई एचिभ गर्नलाई पनि हामीले अहिलेसम्म भएका सबै नियमलाई संशोधन गर्नु पर्छ । हामी क्रमिक रुपमा छौ । अहिले हामीले डिमान्ड साइट क्रिएट गर्नुपर्ने छ । प्राइभेट इक्यिुटि भेन्सल क्यापिटलमा हामीले सशक्त भूमिका खेलेका छौ । हामीले ठोस कामहरु गरेको छौ । हामीले १२ वटा कम्पनीलाई दु्रत गतिमा इन्टरनेशनल मिलिट्रोकेसीको सिद्धान्तमा आधारित भएर लाइसेन्स वितरण गर्यौ । त्यसपछि फन्डको संकलनको लागि पनि हामीले यथासिग्र निर्णय गर्यौ । अहिले करिब साढे ३० अर्बको कोष स्थापना भइसकेको छ । म आइसकेपछि पनि २ गुणा बढी वैदेशिक कोष आइसकेको छ । यसमा हामीले उल्लेखनिय काम गरेका छौ ।

पब्लिकले गुनासो गर्नुपर्यो भने धितोपत्र बोर्डमा कसरी गर्न सक्छन् ? कत्तिको सहज छ त्यो प्रक्रिया ?

गुनासो प्रक्रिया सहज नै छ । गुनासो हेन्डलिङ प्रक्रिया हाम्रो सरकारी निकायहरुमा त्यति प्रभावकारी अझै पनि छैन । म आफँै भन्ने गर्छु समस्याको पहिचान गर्नु र एस्सेप्ट गर्नु बहादुरी हो लुकाउनु कमजोरी हो । हाम्रो सरकारी निकाय चुस्तदुस्त हुन सकेका छैनन् । तर अन्य कति निकाय भन्दा राम्रो पनि छ । अहिले हामीले यसलाई डिजिटलाइज गर्न खोजि रहेका छौ । अस्ति मात्र हामीले च्याट बोर्डको सुरुवात गर्यौ । अब एआई मार्फत अटोमेटिक रिप्लाई साधारण गुनासाहरु एउटा मान्छेले छिटो प्राप्त गर्न सक्ने भएका छन् । अहिले हामीले आइटी विज्ञ हायर गरेका छौ । उँहा माफर्त ग्रेभियन्सलाई हेन्डलिङ गर्ने एउटा एप डेभलप गरेर रियल टाइम वेसेसमा जसरी डीएचएसमा मेरो कुरियर कहाँ पुगेको छ भनेर हेर्न सक्छौ, त्यसरी नै मेरो ग्रेभियन्स कहाँ छ भनेर आफ्नै मोवाइलमा हेर्न सकिन्छ । मेरो गुनासो सुनुवाई भयो कि भएन, सुनवाइ हुने कुन चरणमा छ हेर्न मिल्ने गरी यसको प्लानिङ सुरु भइसकेको छ । सकेसम्म चाडैँ सुरु हुन्छ ।