Dhulikhel Eco Banner new

राष्ट्र बैंकले २२ करोड बढी रकम मुद्धतीमा राख्ने

5.95K
shares

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेका २२ करोड भन्दा बढी रकम मुद्धती खातामा राख्ने भएको छ । केन्द्रीय बैंकले २२ करोड ३२ लाख रुपैयाँ मुद्धती निक्षेपमा राख्ने भएको हो । बैंकले बुधबार एक सूचना जारी गरेर सो बराबरको रकम मद्धती निक्षेपमा राख्नका लागि प्रस्ताव आह्वान गरेको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गरी इच्छुक बैंक तथा वित्तिय संस्थाहरुलाई प्रस्ताव पेश गर्नका लागि अनुरोध गरेको छ । राष्ट्र बैंकले क वर्गाका वाणिज्य बैंकमा १७ करोड ८७ लाख, राष्ट्रिय स्तरका ख वर्गका विकास बैंकहरुमा ३ करोड ३४ लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ११ लाख रुपैयाँ राख्नका लागि प्रस्ताव आह्वान गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम, त्यसमा दिइने ब्याजदर तोकेर जेठ १९ गतेसम्म प्रस्ताव गर्न भनिएको छ । असार १ देखि २०८० जेठ ३२ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्धती निक्षेपमा राख्न खोजिएको राष्ट्र बैंकले जनाएको छ ।