Dhulikhel Eco Banner new

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कार्य अघि नबढाउन सर्वोच्चको आदेश

4.89K
shares

काठमाडौं,१२ जेठ । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरेको छ ।

बाराको निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरेको हो ।

वातावरण सरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले दायर गरेको रिटमा सुनुवाइ गर्दै बिहीबार सर्वोच्चको बृहत पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले जानकारी दिए ।

निजगढमा विमानस्थल निर्माण गर्दा वातावरणीय क्षति धेरै हुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासमेत र रञ्जुहजुर पाँडेसमेतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।