Dhulikhel Eco Banner new

प्रदर्शनकारीलाई लखेट्न प्रहरीले हान्यो अश्रुग्यास

10.78K
shares

काठमाडौं, ७ मंसिर। प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास हानेको छ । बल्खुमा प्रदर्शन गरिरहेकाहरु घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप समेत भएको छ ।

एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेका हुन् । प्रदर्शनकारीहरु अघि बढेपछि प्रहरीले बल प्रयोग गर्दै उनीहरुलाई लखेट्न अश्रुग्यास हानेको हो ।