देशको आर्थिक प्रणाली र आर्थिक समृद्धि पुँजी बजार बिना सम्भव छैन : अध्यक्ष हमाल
वि.सं.२०८० मंसिर १० आइतवार १६:५५
shares

काठमाडौं, १० मंसिर । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कुनै पनि देशको आर्थिक प्रणाली र आर्थिक समृद्धिका लागि सशक्त पुँजी बजार आवश्यक रहेको बताएका छन् । केटीएम भ्वाइससँगको कुराकानीमा उनले पुँजी बजार बैंकको अल्टरनेटिभ साधन समेत रहेको बताएका हुन् ।
‘कुनैपनि देशको आर्थिक प्रणली र आर्थिक समृद्धि पुँजी बजार बिना सम्भव छैन, पुँजी बजार भनेको बैंकको एक किसिमको अल्टरनेटिभ भेइकल पनि हो ।’ उनले भने, ‘पुँजी बजारले छरिएर रहेका पुँजीहरु संकलन भएर देशको आर्थिक निर्माणमा लगानी गर्ने यो भन्दा उच्चतम बाटो अरु केही पनि छैन ।’
उनले पुँजी बजार पारदर्शी र स्वच्छ हुन जरुरी रहेको बताएका छन् । उनले कुनैपनि लगानीकर्ताले आफु नाफामा नजादाँ नियामक निकायको विरोध गर्नुको प्रमुख कारण वित्तीय साक्षरताको कमीले भएको बताए ।
‘कुनै पनि व्यवसायबाट नाफा कमाउँन सकिन्छ भन्ने ग्यारेन्टी त हुँदैन । तर बजार घट्ने बितिकै नियामक निकाय, नेपाल राष्ट्र बैंकलाई, धितोपत्र बोर्डलाई, सरकारलाई गालीगलौज गर्ने मानिसको कामहरु हुन्छन् यो समाज नै यस्तै छ ।’ उनले भने । उनले नियामक निकायले नितीहरु बनाउँदा परिपक्क निती बनाउँन आवश्यक रहेको बताए । उनले निती ल्याउँदा पनि विशेष ध्यान दिनुपर्ने बताए ।
अध्यक्ष हमलले वित्तीय साक्षरता पुँजी बजारका लगानीकर्तालाई पनि आवश्य रहेको बताए । ‘नेपालको बजारमा दिर्घकालिन रुपमा बलियो र सन्तुलित बनाउँने हिसाबमा र अर्थतन्त्रको अभिन्न अंकको हिसाबमा बढि जुन रोल खेल्नुपर्ने हो त्यो सकेको छैन त्यसैले वित्तीय साक्षरतामा उल्लेखनीय वृद्धि हुन जरुरी छ ।’

















