Dhulikhel Eco Banner new

‘सहकारीलाई ध्वस्त बनाउने सञ्चालक, नियामक निकायका कर्मचारी र असक्षम लेखा परीक्षक’

11.8K
shares

काठमाडौं, २६ मंसिर । पछिल्लो समय अधिकांश सहकारी समस्याग्रस्त छन् । सहकारीमा समस्या सिर्जना भएपछि कतिपय सहकारीले बचतकर्ताको ऋण नै नभएको खण्डमा ऋण देखाउँने, बचत नै नगरेको देखाउने जस्ता कार्य गर्दै आएका छन् ।

विष्णु प्रसाद भण्डारी पनि एक सहकारी पिडीत हुन् । एकदिन उनले सहकारी संस्थामा प्रमुख कार्यकारी अधिकृतलाई आफ्नो सहकारीको खातामा पैसा जम्मा गर्नका लागि बैंकको चेक दिए तर ति सिईओले भने बचतकर्ताले दिएको चेक साटेर आफ्नो खातामा उक्त पैसा जम्मा गरेको पाइएको छ । भण्डारीका अनुसार सहकारीको ब्यबस्थापक र अध्यक्ष मिली सहकारीको सफ्टवयरमा कारोबारको प्रबिस्टी गर्ने क्रममा सञ्चालक, नियमन गर्ने निकाय र लेखा परिक्षकको मिलेमतोमा यसरी बिभिन्न चरणमा वित्तीय अपराध गर्दछन्।

भएको के थियो ?

पहिलो चरणको अपराध : जब माथि उल्लेखित चेकको रकम चेकमा उल्लेखित सहकारीका प्रमुख कार्यकारी अधिकृत (CEO) ले सहकारीको लागि निक्षेपको रुपमा चेक लैजान्छन र आफ्नो खातामा जम्मा गर्छन र जम्मा भै सकेपश्चात उनले तत्काल L  भन्ने कुनै ब्यक्तीको नाममा कृत्रीम ऋण सृजना गर्छन । (जबकी L  साधारण ब्यक्तीलाई समेत कुनै जानकारी छैन । उसको ऋण माग नै छैन उ यो प्रकृयामै समाबेस छैन, धितो छैन, ऋण समिति, सञ्चालक समिति कुनै तहको पानि माइन्युटिङ छैन साथै LS को बिच कुनै सम्बन्ध पनि छैन

दोश्रो चरणको अपराध : उक्त कृत्रीम ऋणीको ऋणमार्फत सृजना भएको बचत खाताको रकम S बचतकर्ताको खातामा ब्यबस्थापक र अध्यक्षको User ID को प्रयोग गरी रकमान्तर गर्छन् । जसले गर्दा  S बचतकर्ताको खातामा जति रकम प्रमुख कार्यकारी अधिकृतलाइ बैंङ्कींग प्रणाली मार्फत एकाउन्ट पेयी चेक प्रदान गरी सहकारीमा निक्षेप गर्न S बचतकर्ताले दिएको छ सोहि बराबरकै रकम सहकारीको S बचतकर्ताको खातामा सोहि समयमा जम्मा हुन्छ । र S बचतकर्ताको पास बुकमा समेत रकम प्राप्ती भनेर प्रमाणित गरिदिन्छन । S बचतकर्ताले आफ्नो बचत रकम चाहिएको बेलामा आबस्यकता बमोजिम सहकारीबाट निकाल्छन । केहि रकम खातामा बाँकी रहन्छ।

तेश्रो चरणको अपराध  : S बचतकर्ताले आफ्नो खातामा बाँकी रहेको रकम निकाल्न सहकारीमा जाँदा सैयौ बचतकर्ता हरु सहकारीमा आफ्नो बचत फिर्ताका लागि कोहि धुरुधुरु रुदै कोहि मल्याइनो मुहारमा टोलाइरहेका देखीन्थे र S बचतकर्ता को अनुभबमा बचतकर्ता हरु दुइ ध्रुबमा बिभाजित थिए। एउटा थरीका बचतकर्ता जसले बर्तमान सञ्चालक समितिबाट नै ब्यबस्थापन हुन्छ भन्ने र सन्चालक पदाधिकारीहरूसँग मिलि अन्य बचतकर्ता हरुले के भन्दै छन र के गर्दै छन् भन्ने सुचना सम्प्रेषण गर्ने र तेसो गरेबापत सञ्चालक पदाधिकारी हरुले उनिहरुको बचत छिट्टै फिर्ता गरिदिने कुरामा बिश्वस्त भएका बचतकर्ता । अर्को थरीका एक बर्ष त झुक्याय झुक्याय अब जे जति बचत फिर्ता पाइन्छ राज्यमार्फत नै पाइन्छ यो समुहबाट बिस्वास गर्न सकिदैन कानुनि प्रकृयामा जाँउ भन्ने सोच भएका बचतकर्ता । यि दुईखाले बचतकर्ताका बिचमा केहि समय ठूलो बिबाद समेत भएको थियो। जसलाइ पुस्टी गर्ने प्रमाण बचत रकम फिर्ताका लागि सदस्यहरुबाट सहकारी रजिष्ट्रारको कार्यलयमा स्बयं उपस्थित भै आबेदन दिएका आधारमा छानबिनका लागि पत्र काट्ने सुनिस्चित भै सके पश्चात हस्ताक्षर फिर्ता मागि निबेदनबाट हस्ताक्षर केरेको प्रमाण सहजै हेर्न सकिन्छ।

चौथो चरणको अपराध : हिजो कृषि सहकारीलाइ सिधै बचत तथा ऋणको कारोबार गर्न र कार्यक्षेत्र प्रदेस भर बनाउन भनि रु १ करोड २० लाख सहकारी रजिस्टार्ड कार्यालयलाइ बझाएको भनि उक्त सहकारीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले आफ्नो दस्तखत सहित सार्बजानिक गरेको दस्ताबेज (सुरक्षीतै छ) का आधारमा निमित्त रजिस्टार्ड लाइ सचेत गराउदै सक्षम र अनुभवि, आर्थिक अनुसनधानमा पोख्त बित्तिय बिस्लेषक पारदर्शि बिधिबाट नियुक्ति गर्न सुझाब दिदा सो को कुनै कुरै नसुनी गण्डकी प्रदेस सहकारीका निमित्त रजिस्ट्रारले चार्टड एकाउन्टेन्ट, रजिस्टार्ड लेखा परिक्षक को त कुरै छाडौ समान्य बित्तिय चेतना पनि नभइका ब्यक्तिलाइ बिग्यको रुपमा नियुक्ति दिलाइयो ।

पाँचौ चरणको अपराध : त्यसरी नियिक्त हुन सफल निर्मल गौतम जसले आफुलाइ परिचय गराउदा CA बताउने तर ICAN मा बुझ्दा उनि CA पनि नभएको र रजिस्टार्ड लेखा परिक्षक पनि नभएको । उनको लेखा परिक्षण गर्ने रणनिति सञ्चालकहरुको गल्ति कमिकमजोरी लाइ न्युनिकरण गर्ने, नियमनकारी निकायको कमिकमजोरी पुरै ढाक्ने र सो बापत सञ्चालक पदाधिकारी हरु र नियमनकारी निकाय समेतलाइ कृषिबाट बचत सहकारी बानाउन र कार्यक्षेत्र प्रदेस भर बनाउन प्रदान गरेको रकमको क्षतिलाइ निर्दोस बचतकर्ता र सरोकारवालाहरुबाट भराउने रणनितिका साथ मित्रमिलन बचत तथा ऋण सहकारिको अबस्था आज यो ठाँउसम्म आइपुगेको छ हेरै यसले अब के के रुप लिन्छ ?

भण्डारीले सहकारीमा यस्ता अन्य धेरै घटनाहरु रहेको भन्दै बेलैमा यस्ता गलत नियतका सञ्चालक समितिका पदाधीकारी, नियमन निकायका भ्रस्ट कर्मचारी र असक्षम लेखा परिक्षक लाइ समाज र सहकारीका अभियान्ताहरुले नाङ्गेझार नपारे नेपालमा सहकारी एकादेशको कथा बन्ने निश्चित रहेको बताए । अडिटरमा अध्ययन नपुगेको पनि उनको आरोप छ ।