अनलाईन खेलले युवामा विकृति फैलियो : सांसद बिक
वि.सं.२०७९ जेठ १४ शनिवार १३:५८
4.64K
shares
shares

काठमाडौं, १४ जेठ । सांसद आशा कुमारी बिकले अनलाईन खेलहरुले युवामा विकृति फैलाएको बताएकि छिन् । उनले शनिवार संसदमा बोल्दै नेपाली युवाहरु दैनिक रुपमा पप्जी, फ्रि फाएर जस्ता गेमले एक अर्कोमा मार काटको अवस्था सिर्जना भएको उनको भनाई छ ।
यस्ता खेलले मानसिक रोगको सिकार र दैनिक रुपमा शोषण, बलत्कार जस्ता घटनामा वृद्धि भएको भन्दै यस तर्फ सरकारले ध्यान दिनु पर्ने उनको भनाई थियो । नीति तथा कार्यक्रमले यस्ता विषयमा नबोलेको उनको भनाई छ ।



















