Dhulikhel Eco Banner new

भगवती हाइड्रोपावरको बुकक्लोज भोलि, आजसम्म कायम शेयरधनीले लाभांश पाउने

4.9K
shares

काठमाडौं, ४ पुस । भगवती हाइड्रोपावरले साधारणसभा प्रयोजनका लागि भोलिदेखि बुकक्लोज गर्दैछ । यसर्थ, कम्पनीको लाभांश खानका लागि र साधारणसभामा सभागिता जनाउनका लागि आजसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

भगवती हाइड्रोपावरले पुस २४ गते काठमाडौंको थापागाँउमा साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।