GBIME

लगानी कोषको कार्यकारी निर्देशक बन्न ५ जनाको दौडधुप, कसले मार्ला बाजी ?

1.69K
shares

काठमाडौं, १३ पुस । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदको खुला प्रतिस्पर्धाबाट ५ जना सर्ट लिस्टमा पर्न सफल भएका छन् । अर्थ मन्त्रालयका अनुसार पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा। शिवहरि श्रेष्ठ सर्ट लिस्टमा पर्न सफल भएका हुन् ।

अब उनीहरुले पावर प्वाइन्ट प्रस्तुति र अन्तर्वार्ता दिनेछन् । त्यसबाट एक जनाको छनोट हुनेछ । सर्ट लिस्टमा परेकाहरुको लागि प्रस्तुति र अन्तर्वार्ताको मिति १७ पुस मंगलबारका दिन तोकिएको छ । मन्त्रालयका अनुसार शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्‍कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारहरुलाई सर्ट लिस्टमा छनोट गरिएको हो ।