बालेनको सचिवालय प्रमुख सहित ३ कर्मचारी निलम्बन
वि.सं.२०८० पुस १७ मंगलवार १५:५३
11.62K
shares
shares

काठमाडाैं, १७ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालय प्रमुख सहित महानगका ३ जना कर्मचारी निलम्बनमा परेका छन् । कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी निर्णय गरेको भन्दै बोलेनको सचिवालय प्रमुख सहित ३ जनालाई कारबाही गरिएको हो ।
कारबाही पर्नेमा शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी रहेका छन् । उनीहरुले महानगरको नगरसभाको २३ औँ बैठकमा भएको निर्णय उल्ट्याए पछि कारबाहीमा परेका हुन् ।


















