Dhulikhel Eco Banner new

सिटी होटलको सञ्चाल समितिमा तिलक कोइराला नियुक्त

5.71K
shares

काठमाडौं, २२ पुस । सिटी होटल लिमिटेडको सञ्चालक समितिमा तिलक कोइराला नियुक्त भएका छन् । सर्वसाधारणको प्रतिनिधित्व हुने गरी उनलाई नियुक्त गरिएको कमपनीका सचिव सुन्दर बहादुर सेनीले जानकारी दिए ।

पुस २० गते बिहान ११ः३० देखि ३ बजे सम्म भएको कम्पनीको ८ औँ वार्षिक साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै कोइराला सञ्चालक समितिमा नियुक्त भएका हुन् ।

चितवन घर भएका कोइराला हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिाका ८ बस्तै आएका छन् ।