मनकामना स्मार्ट र समता घरेलु लघिुवित्त मर्जरमा जाने
वि.सं.२०८० पुस २२ आइतवार २३:२०
shares

काठमाडौँ, २२ पुस । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था एक आपसमा गाप्ने–गाभिने भएका छन् । मनकामनाका कम्पनी सचिव कलमणि ज्ञावलीका अनुसार आगामि चैत सम्ममा मर्जको प्रक्रीय सकिने जानकारी दिएका छन् ।
मनकामना स्र्माटको केन्द्रीय कार्यालय रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ५ मा रहेको छ । समता घरेलुको केन्द्रीय कार्यालय काभ्रेपलान्चोक बनेपामा हरेको छ । अहिले मर्जर हुन लागेका दुवै संस्था केही समय अगाडि मात्र मर्जर भएर ४ वटा संस्थाबाट २ वटा भएका थिए । आब फेरी दुई संस्थाबीच मर्जर हुन लागको हो ।
समता लघुवित्त र घरेलु लघुवित्त बीच मर्जर भएर समता लघुवित्त बनेको थियो । समता र घरेलुलाई नेपाल राष्ट्र बैंकले २०७७ साल चैत १० गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।
समता घरेलुको एकीकृत कारोबार २०७८ साल वैशाख २ गते बिहीबारबाट भएको थियो । मर्जरपछि बनेको समता घरेलु लघुवित्तको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिकामा रहने भएको थियो ।
मनकामना लघुवित्त र स्मार्ट लघुवित्तबीच २०७६ भदै २१ गते मर्जरमा जाने सझौतामा हस्ताक्षर भएको थियो । मर्जर सम्पन्न भएसँगै दुई संस्था गाभिएर बनेको संस्थाले साउन ११ गतेबाट एकीकृत कारोबार थाल्ने भएको थियो ।
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको मनकामना र दाङ्गमा केन्द्रीय कार्यालय रहेको स्मार्ट गाभिएपछि रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको थियो ।















