लक्ष्मी सनराइज बैंकको घट्यो ब्याजदर
वि.सं.२०८० पुस २९ आइतवार १०:१०
shares

काठमाडौँ, २९ पुस । लक्ष्मी सनराइज बैंकले ब्याजदर घटाएको छ । माघ १ गतेदेखि लागु हुँनेगरि बैंकले ब्याजदर घटाएको हो ।
बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर तोकेको छ ।पुस महिनामा बैंकले ४.५० प्रतिशतदेख ६.५० प्रतिशत र रेमिट्यान्समा ७.५० प्रतिशत ब्याजदर थियो।
बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर तय गरेको छ । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । पुसमा बैंकको संस्थागततर्फ ७.५० प्रतिशत, व्यक्तिगततर्फ ९ प्रतिशत र रेमिट्यान्समा १० प्रतिशत ब्याजदर राखेको थियो।

















