Dhulikhel Eco Banner new

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त मर्ज हुने

4K
shares

काठमाडौँ, २९ पुस । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारणसभामा गाभिने प्रस्ताव पारित गरेको हो ।

सभाले ७३।१०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालक समितिकोे निर्विरोध चयन पनि गरेको छ ।

गाभिने सम्बन्धमा दुई संस्था बीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो । सभाले गाभिने सम्बन्धमा बाँकि रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

श्रीजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारणसभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्ताव पारित गरेको छ ।