Dhulikhel Eco Banner new

पोखरा फाइनान्सको २७ औँ वार्षिक साधारणसभा सम्पन्न

4.29K
shares

पोखरा, २९ पुस । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २७ औं वार्षिक साधारणसभा आज आइतबार सम्पन्न गरेको छ । पोखरा ९ स्थित दरबारथोक बैक्वेट, बाँस्तोलाथरमा सभा सम्पन्न भएको हो ।

सभा कम्पनीका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले गरेका थिए ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आ.व. २०७९÷८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विवरणहरु सहित अन्य प्रस्तावहरु छलफल गरी स्वीकृत भएका छन् ।

कम्पनीको शेयरधनीको तर्फबाट सञ्चालकहरु क्रमशः कृष्ण बहादुर गुरुङ, अच्युत पौडेल र गंगा घले निर्विरोध निर्वाचित भएका छन् ।