Dhulikhel Eco Banner new

घलेम्दी हाइड्रोको ३२ लाख बढी कित्ता शेयर लिलाम बिक्रीमा

5.47K
shares

काठमाडौं, २ माघ । घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्ने भएको छ । सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्ने भएको हो ।

कम्पनीले १ बराबर २ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर मा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो। शेयर खरिदका लागि माघ ९ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १०० कित्ता र अधितमक सबै कित्तामा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दा«, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।