‘एनआईबिएल स्टेबल फण्ड’ नयाँ म्युचुल फण्ड आजबाट बिक्री खुला
वि.सं.२०८० माघ २ मंगलवार १०:५७
shares

काठमाडौं, २ माघ । एनआईएमबि एस क्यापिटल लिमिटेडले आज मंगलबारबाट एनआईबिएल स्टेबल फण्ड नयाँ म्युचुल फण्ड बिक्री खुल्ला गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष प्रवद्धक र एनआईबिएल एस क्यापिल योजना व्यवस्थापक रहेको ‘एनआईबिएल स्टेबल फण्ड’को प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।
जस मध्य एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो।
न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिने छ।














