Dhulikhel Eco Banner new

बिहीबार सुनको मूल्य ७०० रुपैयाँले घट्यो

4.75K
shares

काठमाडौं, ४ माघ । बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट भएको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाला सुन १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदी १० रुपैयाँले घटेर एक हजार ३९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।