बाग्लुङ समाज कल्याण केन्द्रले गर्यो शर्मा दम्पतिकाे स्वागत
वि.सं.२०८० माघ १४ आइतवार १८:५८
5.98K
shares
shares

काठमाडौं । बाग्लुङ समाज कल्याण केन्द्र काठमाडौंले अन्तरास्ट्रिय बागलुङ सेवा समाजका संरक्षक गङ्गा प्रसाद शर्मा र उनकी धर्मपत्नी जमुना गौतम शर्मालाई स्वागत तथा सम्मान गरेको छ । आइतबार केन्द्रले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी शर्मा दम्पत्रिलाई स्वागत तथा सम्मान गरेको हो । शर्मा दम्पति केही दिन अघिमात्रै बेल्जियमबाट काठमाडौं आइपुगेका थिए ।
बाग्लुङ समाज कल्याण केन्द्र काठमाडौंको अध्यक्ष रशुमिला श्रेष्ठ रहेकी छिन् । केन्द्रले गरेको स्वागतले आफ्नो गाउँठाउँ प्रतिको माया र सम्मान थप बढेको शर्माले बताएका छन् ।

















