एचआईडिसिएलको खुद नाफासँगै सञ्चालन आम्दानी १८१.६२ प्रतिशतले बढ्यो
वि.सं.२०८० माघ १५ सोमवार ०९:४५
shares

काठमाडौं, १५ माघ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडिसिएल)ले आर्थिक वर्ष २०८०–०८१ को पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार १८१.६२ प्रतिशत सञ्चालन आम्दानी बढेको छ ।
चालु आवको पुस मसान्तसम्ममा कम्पीको सञ्चालक आम्दानी १ करोड २३ लाख ४९ हजार रुपैयाँ कमाएको छ भने गत वर्षको सोही अवधिमा ४३ लाख ८५ हजार रुपैयाँ मात्र कमाएको थियो । अर्थत गत वर्ष भन्दा यो १८१.६२ प्रतिशतले बढी हो ।
कम्पनीको खुद नाफा पनि ११.४७ प्रतिशतले बढेको छ । चालु आवको पुस मसान्तसम्ममा ७५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
प्रतिशेयर आम्दानी २६ पैसा बढेर ६ रुपैयाँ ६१ पैसा बढेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.०३ गुणा रहेको छ।
कम्पनीको चुक्ता पूँजी २२ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ ।

















