Dhulikhel Eco Banner new

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

4.39K
shares

काठमाडौं,२२ माघ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरण तथा लाभांश प्रस्ताव बीमा प्राधिकरणमा स्वीकृतिका लागि पठाउने निर्णय बैठकले गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी रु २ अर्व ८० करोड ६५ लाख ४९ हजार ९ सयको ११ प्रतिशतले हुन आउने रकम रु ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैया रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।