मंगलबार ५०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ करोबार ?
वि.सं.२०८० माघ २३ मंगलवार १२:०६
shares

काठमाडौं, २३ माघ । मंगलबार सुनको भाउ ५०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा सुनको भाउ ३ दिनको अवधिमा १५ सय रुपैयाँले घटेको छ । आइतबार ६०० रुपैयाँले घटेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको थियो ।
सोमबार छापावाला सुनको भाउ १ लाख १८ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २६ दशमलव ३९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ३७ डलरमा कारोबार भइरहेको छ ।

















