Dhulikhel Eco Banner new

यूनाइटेड अजोड इन्स्योरेन्सकोे ३० औं वार्षिक साधारणसभाबाट लाभांश प्रस्ताव पारित

3.59K
shares

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभाले १०.८०१३ प्रतिशत लाभांशकाे प्रस्ताव पारित गरेकाे छ । इन्स्योरेन्सकाे मर्जर पछिको पहिलो साधारण सभा फागुन ६ गते, आइतबार अनमोल ब्याङ्गकेट, शंखमुल काठमाडाैंमा सम्पन्न भएकाे थियाे।

उक्त साधारण सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९ कराेड ५४ लाख ३२ हजार रूपैयाँ र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ प्रतिशतका दरले हुने रकम एक करोड दुई लाख ८५ हजार ८९४.७४ पैसा नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेकाे छ ।

साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट २०८० जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० कराेड ४५ लाख ६८ हजार रूपैयाँ कायम भएको थियो ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएकाे छ । यसका साथै सभाले आर्थिक वर्ष २०८०/८१ का लागी बाह्य लेखापरीक्षक जे.बि. राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेकाे छ ।

यसैगरी नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरियो । साथै संचालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक शेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास (प्रतिनिधि सि.जि. फुडस् नेपालको तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रा.लि.को तर्फबाट) निर्विरोध निर्वाचित भए भने सर्वसाधारण शेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भएका हुन्।

इन्स्याेरेन्सले साविकका दुबै कम्पनीको शाखा, उपशाखा कार्यालयहरुको मिलान तथा कर्मचारीहरुलाई समायोजन गरि प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ४१ वटा शाखा कार्यालयहरु, ४३ वटा उपशाखा कार्यालयहरु, ५ वटा बीमा काउण्टरहरु र ६ वटा तेश्रो पक्ष बीमा काउण्टरहरुबाट र ३६५ दिन प्रधान कार्यालयबाट कम्पनीले बीमा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले चालु आ.व २०८०/८१ को पुष मसान्तसम्ममा १३० करोड ६४ लाख ७६ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरी १३ करोड १८ लाख ८७ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जनाएकाे छ ।

यसैगरी, चालु आ.व २०८०/८१ को पुस मसान्त सम्ममा कुल बीमालेख जारी संख्या एक लाख ५ हजार ९३३ र कुल दाबी भुक्तानी संख्या ४,६५४ तथा कुल दाबी भुक्तानी ८१ कराेड २८ लाख १७ हजार ५३४ रूपैयाँकाे गरेको छ ।