Dhulikhel Eco Banner new

नेप्से २०.७६ अंक घट्यो, कारोबार कति ?*

4.39K
shares

काठमाडौं, १० फागुन । आज बिहिबार साताको अन्तिम कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.७६ अंकले घटेर २००५.८३ विन्दु कायम भएको छ ।

आज १९७ वटा कम्पनीको शेयर घट्दा ४९ वटा कम्पनीको शेयर भने बढेको छ । २ कम्पनीको शेयर भने स्थिर रहेको छ ।

आज बजार बन्दा हुँदा सम्म ३ अर्ब २० करोड ६१ लाख ६७ हजारको रुपैयाँ बराबारको ९५ लाख १८ हजार ७५ कित्ता शेयर किनबेच भएको छ ।

आज भएको करोबारमा २ उपसमुहको शेयर बढेको छ भने अन्य समुहको शेयर घटेको छ ।

*यस अघि नेप्से २०.७६ अंकले घट्दा हुनुपर्नेमा २३.५६ अंकले भएकोमा सुधारीएको छ । बजार बन्द हुनुभन्दा केही बेर अगाडि नेप्से गणना गरिएकाले उक्त त्रुटी हुन गएको हो ।