GBIME

संकटग्रस्त सहकारी र बैंक ऋणीलाई नेक्सजेन म्यानेजमेन्टले विशेषज्ञ सेवा दिने

19.98K
shares

काठमाडौं, १३ फागुन । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले संकटग्रस्त सहकारी र बैकं ऋणीहरुलाई विशेषज्ञ सेवा दिने भएको छ ।

बिदेशमा बैंक वित्तीय संस्थाको कर्जा प्रोसेसिगङ् र पुरानो कर्जा असुली कार्य आउट सोर्सिगं हुने गरेका छन् । नेपालमा पनि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा ढिलो चाडो यो ब्यवस्था आउने भएकोले पुर्ब बैकं प्रमुखहरुले सम्पति ब्यवस्थापन लगायत उधोग ब्यवसाय तथा बैकं बित्तिय संस्थालाई बिशेषज्ञ सल्लाहकारको सेवा दिने उद्देश्य लिएर सेवा सञ्चालन गरेको कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराई बताउँछन् ।

‘अहिले आर्थिक संकट छ, अर्थतन्त्रका अन्य क्षेत्रहरु पनि कमजोर हुँदैछन्, बैंक वित्तीय संस्थाले नयाँ कर्जा लगानी गर्न सकेका छैनन्, खराब कर्जा बढ्दैछ, लघुवित्त विरुद्ध मानिसहरु संघर्षमा छन् र अधिकाशं सहकारीहरु संकटग्रस्त भइसकेका छन्, अध्यक्ष भट्टराईले भने, ‘यस्तो संकटपूर्ण अवस्थामा बैंक वित्तीय संस्था र सहकारीलाई विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गर्छ ।’

२०७५ सालमा स्थापना भएको र काम भने यहीँ फागुनबाट मैतिदेबिमा कर्पोरेट कार्यालय खोलेर काम शुरु गरिएको अध्यक्ष भट्टराईले बताए । ‘हामीसँग बैंक बीमामा लामो समय काम गरेका अनुभवी अधिकृतहरु यसमा सम्लग्न छन्’, भट्टराईले भने, ‘कम्पनीले काम प्रारम्भ गरेको दुई हप्ता पनि भएको छैन, तर रेस्पोन्स धेरै राम्रो आईरहेको छ ।’

कम्पनीबाट कामको जानकारी दिनेगरी बैंक, वित्तीय संस्था, सहकारी र उद्योगपति व्यवसायीसँग सम्पर्क गर्ने र कम्पनीको ब्रण्डिगंको काम गर्न आगामी ३ महिना लाग्ने अध्यक्ष भट्टराई बताउँछन् ।

‘छोटो समयमै बैकंहरुबाट लोन प्रोसेसिगंका कामहरु, रुग्ण सहकारीबाट सिस्टम डेभलपमेन्टको प्रस्ताव, समस्यामा परेका ठुला साना बैंक ऋणिबाट कर्जा फर्छौटमा सहयोगको आग्रह आईसकेको छ’, अध्यक्ष भट्टराईले भने, ‘त्यो भनेको कम्पनी र हामी प्रतिको बिस्वास हो ।’

समस्यामा परेकालाई राहत दिने गरी एकदम न्यून शुल्कमा काम गर्ने कम्पनीको भनाई छ । अन्य पनि यस्तै कम्पनीहरु भएको तर त्यस्ता कम्पनीले भन्दा न्युन शुल्क र कर्पोरेट अफिस मार्फत दिगो सेवा दिने अध्यक्ष भट्टराईको भनाई छ ।

अहिले कम्पनीले लोन प्रोसिगं, खराब कर्जा असुली, कारोबार सञ्चालन सम्बन्धि सिस्टम डेभलपमेन्ट, आईटि प्रणालिको ब्यवस्था, रुग्ण उद्योग टेकओभरमा सहयोग, थप पुँजी लगानीको ब्यवस्था, नयाँ कम्पनी स्थापना, मर्जर एक्विजिसनमा सहयोग, नेगोसिएसन र कन्फ्लिक्ट मैनेजमेन्ट लगायतको सेवा प्रदान गर्ने गरि तयारि गरिरहेको छ ।

‘कम्पनीले आफ्नो सेवा देश भरि दिने गरि नेटवर्किगं बनाउदै छ’, भट्टराईले भने, ‘त्यसको लागि मुख्य–मुख्य शहरमा कन्सलटेन्सी काम गरिरहेका बिशेषज्ञहरुको समूह वा कम्पनीसँग सम्झौता गरेर काम गर्ने योजना बनाएको छ ।’

नेक्सजेन बैंकका पूर्व कार्यकारी प्रमुखहरु समेतको संलग्नतामा २०७५ सालमा स्थापित भएको कम्पनी हो । ४२ वर्षदेखि वित्तीय क्षेत्रमा अनुभव रहेका कम्पनीका अध्यक्ष भट्टराई २८ वर्ष निरन्तर ६ वटा बैंक, फाईनान्स र बीमा कम्पनीमा कार्यकारी प्रमुख भएर काम गरिसकेका ब्यक्ति हुन । यहि फागुन १ गतेबाट निजले स्वेच्छिक अवकास लिई नेक्सजेन म्यानेजमेन्ट चलाउन शुरु गरेका हुन् ।