आईतबार २६.८१ अंकले घट्यो नेप्से
वि.सं.२०८० फागुन १३ आइतवार १५:३८
4.82K
shares
shares

काठमाडौं, १३ फागुन । नेपाल स्टक एक्सेञ्ज (नेप्से) आईतबार २६.८१ अंकले घटेर १९७९.०१ अंकमा पुगेको छ ।
आज ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबारको ८५ लाख ४६ हजार ९२० कित्ता शेयर कारोबार भएको छ ।
आईतबार २०६ कम्पनीको शेयर घट्दा २८ कम्पनीको शेयर बढेको छ भने ४ कम्पनीको शेयर स्थिर रहेको छ ।
आज बोर्टस नेपालको शेयर १० प्रतिशतले बढेर सकारात्मक सक्रिट लागेको छ भने समाज लघुवित्तको १० प्रतिशतले घटेर नकारात्म सक्रिट लागेको छ ।



















