GBIME

सबैको-साधना लघुवित्त मर्जरमा जाने, नयाँ नाम के ?

1.45K
shares

काठमाडौं, १८ फागुन । सबैंको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने सम्झौता भएको छ । दुबै संस्थाको शेयर अनुपात रेसियो १ः१ मा मर्जर गर्ने भएको हो । मर्जर पश्चात नयाँ कर्यसमिति आउने भएको छ ।

मर्जर पश्चात नयाँ नाम सबैको साधना लघुवित्त वित्तीय संस्था बन्ने भएको छ । मर्जर पछि केन्द्रीय कार्यालय चितवनमा हुने भएको छ । मर्जरमा जान सबैको लघुवित्तले साधारणसभा समेत बोलाएको छ ।

सबैकोले फागुन १९ गते विहान ११ बजेट देखि तनहँको बन्दिपुर ५ मा साधारणसभा गर्ने भएको हो ।
साधानाको साधारणभाले (मर्जर) प्रयोजनको लागि गरिएको समझदारीपत्र, संयूक्त मर्जर समितिबाट भएका निर्णय पारित, दुबै वित्तीय संस्थाको व्यावसायीक योजना, चल अचल सम्पत्ति, दायित्व तथा कारोवारको मुल्यांकन, लेखा परिक्षकलगायतको निर्णय पारित गर्ने छ ।