Dhulikhel Eco Banner new

नयाँ सत्ता समीकरणको नेप्सेले खुलेर गर्यो स्वागत, ३ मिनेटमै ४ प्रतिशतले बढ्यो

3.6K
shares

काठमाडौं, २१ फागुन । नयाँ सत्ता समीकरणको नेपाल स्टक एक्सेञ्जले खुलेर स्वागत गरेको छ ।

सोमबार बजार पहिलो ३ मिनेट ३० सेकेण्डमानै ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।

त्रिशूली जलविद्युत कम्पनी लिमिटेड र अरुण काबेली पावर लिमिटेडको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सक्रिट हानेको छ ।

३ मिनेट ३० सेकेण्डेमै नेप्से ७९.२९ अंकले बढेर २०३९.६० अंकमा पुगेको छ । ३ मिनेटमा १८४ वटा कम्पनीको शेयर बढेको छ भने ६ वटा कम्पनीको शेयर घटेको छ ।