प्रि ओपन सेसनमै झुमिए लगानीकर्ता, १६.७० अंकले बढ्यो नेप्से
वि.सं.२०८० फागुन २२ मंगलवार ११:०१
shares

काठमाडौं, २२ फागुन । मंगलबार प्रि–ओपन सेसनमै लगानीकर्ता भुमिएका छन् । प्रि ओपसन सेसनमा १६.७० अंकले नेप्से बढेको छ ।
सोमबार भएको करोबारमा पनि तेस्रो सक्रिट ब्रेक लागेर बजार बन्द भएको थियो ।
सोमबार नेप्सेमा तेस्रो सक्रिट ब्रेक लागेर ६ प्रतिशतले बढेर सोमबारको लागि कारोबार बन्द भएको थियो ।
पहिलो ३ मिनेट ३० सेकेण्डमा ४ प्रतिशतले बढेपििथयो २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो । बजार खुलेको १ मिनेटमा पूनः दोस्रो सक्रिट ब्रेक गरेर नेप्से सूचक ५ प्रतिशतले बढ्यो र ४० मिनेटका लागि बजार बन्द भयो ।
दोस्रो सर्किट ब्रेक लागेको ४० मिनेटपििथयो बजार खुलेको १ मिनेटमानै नेप्से सूचक ६ प्रतिशत बढेयो र तेस्रो सक्रिट ब्रेक लाग्यो । अनि सोमबारको लागि कारोबार नै बन्द भयो ।
तेस्रो सक्रिट ब्रेक लाग्दा नेप्से ११७.७० अंकले बढेर २९७८ विन्दुमा कायम भएको थियो । आज तेस्रो सक्रिट ब्रेक लागेर बजार बन्दा हुँदा २३० कम्पनीको शेयर बढेको थियो भने २ कम्पनीको शेयर घटेको थियो ।
सोमबार थोरै समय बजार खुल्दा पनि ३ अर्ब ७५ करोड २१ लाख बराबारको ९३ लाख ४९ हजार ९१९ कित्ता शेयर किनबेच भएको थियो ।
हिजो सोमबार ४१ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सक्रिट लागेको थियो ।

















