नयाँ सत्ता समीकरणको खुसी एक दिन पनि टिकेन, ७०.३१ अंकले घट्यो नेप्से
वि.सं.२०८० फागुन २२ मंगलवार १५:२२
shares

काठमाडौं, २२ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नयाँ सत्ता समीकरणको खुशि एक दिन पनि टिक्न नसको देखिएको छ । एकै दिनमा लगानीकर्ता निराश भएका छन् । सोमबार लगातार ३ वटक सकारात्मक सक्रिट हानेर बन्द भएको शेयर बजार आज भारी अंकले घटेको छ ।
आज मंगलबार प्रि ओपन सेसनमा सकारात्मक देखिएको नेप्से बजार बन्द हुँदा ७०.३१ अंकले घटेको छ । आज नेप्से ३.३८ प्रतिशतले घटेर २००७.६९ विन्दुमा कायम भएको छ ।
आज नेप्से घटेपनि कारोबार भने ४ अर्ब नाघेको छ । आज १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता शेयर ४ अर्ब ११ करोड ३७ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ ।
आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ । २ कम्पनीको शेयर भने किनबेच भएको छैन ।
आज बटर्स नेपाल (बालाजु, तराई) र जोसि हाइड्रोपावरको शेयरमा भने नकारात्मक सक्रिट हानेको छ ।
आज भएको कारोबारमा १३ वटा उपसमुह मध्ये म्यूचअल फण्डको मात्र शेयर बढेको छ । अन्य सबै उपसमुहको शेयर घटेको छ ।

















