Dhulikhel Eco Banner new

राष्ट्रिय सभाको अध्यक्षमा दाहाल निर्वाचित

3.91K
shares

काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाको अध्यक्ष पदमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा बैठकमा उपस्थित ५६ सांसदमध्ये ३९ सांसदले दाहालको पक्षमा मत दिएका छन् । कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत खस्यो ।

निवर्तमान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् ।