Dhulikhel Eco Banner new

गाउँलेलाई नै सुन्तला खेती गर्न सिकाउँछन् बाग्लुङका इन्द्रबहादुर

10.45K
shares

बाग्लुङ, २८ फागुन । माथि तस्विरमा देखिएका व्यक्ति बागलुङ नगरपालिका–८ सिगाना सायकोटका इन्द्रबहादुर कार्की हुन् । उनले विदेशमा आफ्नो २० वर्ष विताएका छन् । तर, उनले अहिले आफ्नै देशमा केही गर्ने हुटहुटिका कारण सुन्तला खेति गर्ने भएका छन् ।

गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दैगएपछि बाँझिन थालेको आफ्नो ५ रोपनी बारीमा सुन्तला खेती गर्ने सुरसारमा छन् । सुन्तला खेतीमा भविश्य देखेका कार्कीले अहिले खेतीयोग्य जग्गाको रुख हटाउने काममा व्यस्त छन् ।

‘लामो समय विदेशमा बसियो, गाउँका धेरै जसो युवाहरु पनि विदेश नै गएका छन्’, कार्कीले केटिएम भ्वाइससँग भने, ‘त्यसले गर्दा अधिकांश खेतियोग्य जग्गामा झाडी पलाएर रुख उम्रिएको छ ।’

त्यहि रुखलाई हटाएर अहिले कार्कीले सुन्तला खेती गर्ने थालेका छन् । कार्कीले पहिलो चरणमा ८० सुन्तलाका बिरुवा, ४० कागतीका बिरुवा गत वर्ष नै रोपिसकेका छन् । ‘अहिले ५ रोपनिमा सुन्तला खेती गरेको छु, यसलाई १५ रोपनी पु¥याउने लक्ष्य छ ।’, कार्की भन्छन् ।

कार्कीले आफुले मात्र होईन आफ्नो गाउँका अन्य व्यक्तिलाई पनि सुन्तला खेती गर्ने सिकाइरहेका छन् । अहिले कार्कीसँगै उनका गाउँलेहरु पनि आफ्नो जमिनमा भएको झाडी फाड्ने अभियानमा जुटेका छन् ।

अहिले सिगाना सायकोट क्षेत्रको ५०० रोपनी भन्दा बढी खेतीयोग्य जग्गामा रहेका रुख तथा झाडी हटाउने काम भइरहेको कार्की बताउँछन् । ‘अधिकांश झाडीले भरिएको जग्गामा सुन्तलाखेती गर्न थालेका छौँ ।’ कार्कीले भने ।

कार्कीले आफ्नो १५ रोपनी जमिनमा झाडी र रुख हटाइसकेको बताएका छन् । सुन्तला पकेट क्षेत्रका रुपमा चिनिएको सिगान भित्रको सायकोट गाउँमा भने व्यवसायिक सुन्तला खेती भएको छैन । नजिका गाउँ सिगानको बेसी, ढोकानफाँट, बाँस्बोट र कोरीखोला लगायतको गाउँमा व्यवसायिक सुन्तला खेतीबाट वार्षिक ३ करोड रुपैयाँ भित्राउनदै आएका छन् ।

त्यहि देखेर सिगाना सायकोट बासि पनि सुन्तला खेती तर्फ आर्कषित भएका छन् । सिगाना सायकोट बासीको सुन्तला खेतीलाई नगरले पनि सहयोग गरेको छ । बागलुङ नगरपालिका–८ नम्बर वडाले १ लाख ५० हजार बजेट बिनियोजन नै गरेर झोर फडनी गर्ने सघाएको छ ।

हाल सम्म ५०० रोपनी खेतीयोग्य जग्गाका रुख बिरुवा हटाइसकेको बागलुङ नगरपालिका –८ सिागानका वडा अध्यक्ष छम बहादुर कार्की बताउँछन् । ‘ कटान गरेका रुख व्यवस्थापन भने स्वंय जग्गाधनीले गर्दै आएका छन्’, अध्यक्ष छम भन्छन्, ‘त्यसले गर्दा थोरै रकमले धेरै काम गर्न सकिएको छ ।’