Dhulikhel Eco Banner new

अर्थमा पुन आएसँगै शेयर बजारमा निरन्तर उछाल, मंगलबार ५८.५८ अंकले बढ्यो नेप्से

4.89K
shares

काठमाडौं, २९ फागुन । अर्थ मन्त्रालय सहाल्न अर्थमन्त्री वर्षमान पुन आएसँगै शेयर बजारमा पनि केही सकारात्म बनेको छ । मन्त्री पुनले अर्थ मन्त्रालय सहाल्लेको दिन देखिकै शेयर बजारको बारेमा सकारात्मक कुराहरु गरेकाले गर्दा शेयर बजारमा राम्रो नीति लिईने आसाले लगानीकर्ताहरु सकारात्मक बन्दै गएका छन् ।

पुनले अर्थमन्त्रालय सम्हाल्ले देखि नै शेयर बजार निरन्तर रुपले बढिरहेको छ । अर्थमन्त्री पुनको पछिल्लो समय दिने अभिव्यक्तिहरु पनि शेयर बजारको समस्या समाधान गर्ने खालका नै आउन थालेका छन् । त्यसले गर्दा शेयर बजारमा केही सुधार हुने शेयर बजारका जानकारहरु बताउँदै आएका छन् ।

मन्त्री पुनको निर्देशनमा शेयर बजारको ३ निकयसँग ७ दिन भित्र सुझाव पेस गर्ने निर्देशन दिएको छ । आईतबार अर्थमन्त्रालयले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससीसँग बजारमा देखिएका समस्या समाधान गर्न सुझाव मागे थियो ।

उक्त सुझाव मागेको देस्रो दिन अर्थात सोमबार ग्याल्पो ल्होसार परेर सार्वजनिक विदा भएको थियो । र विदा भएकाले शेयर बजार पनि बन्द भएको थियो । सुझाव माग गरेपछि मंगलबार खुलेको शेयर बजारमा लागनीकर्ता उत्साह बनेको देखिएको छ ।

मंगलबार लगनीकर्ताको मनोबल उच्च हुँदा नेप्से ५८.५८ अंकले बढेको छ । आज नेप्से २.८५ प्रतिशतले बढेर २१११.२४ विन्दु कायमा भएको छ । मंलबार३०५ कम्पनीको किनबेच हुँदा २२० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबारको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर किनबेच भएको छ । आज ५ वाटा कम्पनीको शेयर १० प्रतिशले बढेर सकारात्मक सक्रिट लागेको छ ।

आज सेन्सेटिभ इन्डेक्स १०.६० अंकले बढेको छ । आज १३ उपसमूह सबैको शेयर मूल्य बढेको छ ।