Dhulikhel Eco Banner new

यो हप्ता नेप्सेमा उथलपुथल, कुन दिन कस्तो भयो कारोबार ?

7.06K
shares

काठमाडौं, १ चैत । यो साता नेपाल स्टक एक्सेञ्ज (नेप्से)मा निकै उथल पुथल देखिएको थियो । २ हजार विन्दु बाट साताको सुरुवात गरेको नेप्से विचमा २१ सय विन्दुमा पुगेर पुनः २ हजारनै कायम भएको थियो ।

यो साता ४ दिन मात्र करोबार भएको थियो । सोमबार सार्वजनिक विदाको दिन परेकाले बैंक तथा वित्तीय संस्था र नेप्से पनि बन्द भएको थियो । बुधबार नेप्से घट्ने बढ्ने सामान्य नै हरेको थियो ।

आईतबार
आईतबार नेप्से परिसूचक २२ दशलमव १० अंकले बढेर २,०५२ को विन्दुमा कायम भएको थियो । आईतबार १९४ कम्पनीको शेयर मूल्य बढेको थियोभने ४६ कम्पनीको शेयर मूल्य घटेको थियो ।

आईतबार माइक्रोफाइनान्स उपसूचक ४ प्रतिशतले बढेको थियो । आईतबार दिनभरिमा २०४ कम्पनीको ७० करोड ४३ लाख ४५७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

मंगलबार
मंगलबार नेप्से ५८.५८ अंकले बढेको थियो । मंगलबार नेप्से २.८५ प्रतिशतले बढेर २१११.२४ विन्दु कायमा भएको थियो । मंलबार ३०५ कम्पनीको किनबेच हुँदा २२० कम्पनीको शेयर मूल्य बढेको थियो भने २२ कम्पनीको शेयर मूल्य घटेको थियो ।

मंगलबार ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबारको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर किनबेच भएको थियो । आज ५ वाटा कम्पनीको शेयर १० प्रतिशले बढेर सकारात्मक सक्रिट लागेको थियो ।

मंगलबार सेन्सेटिभ इन्डेक्स १०.६० अंकले बढेको थियो । मंगलबार १३ उपसमूह सबैको शेयर मूल्य बढेको थियो ।

बुधबार
बुधबार २.४८ अंकले नेप्से घटेको थियो । बुधबार ०.११ प्रतिशतले बजार घटेर २१०८.७२ विन्दु् कायम भएको थियो । बुधबार भएको ३१० कम्पनीको शेयर किनबेच भएको मध्ये ९४ कम्पनीको शेयर बढेको थियो भने १३३ कम्पनीको शेयर मूल्य घटेको थियो । १६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

बुधबार ४ अर्ब २८ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर किनबेच भएको थियो । उपसुचकहरु सबै राताम्य भएको थियो । उपसमुह मध्ये ६ वाटा उपसमूहको शेयर मूल्य बढेको थियो भने ६ कम्पनीको शेयर मूल्य घटेको थियो ।

बिहिबार
बिहिबार साताको अन्तिम नेप्से २७.८४ अंकले घटेको थियो । बुधबार नेप्से १.२३ प्रतिशतले घटेर २०८०.८७ विन्दुमा कायम भएको थियो ।

बिहिबार ३०३ कम्पनीको ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर किनबेच भएको थियो ।

बिहिबार ३०३ कम्पनीको शेयर करोबार हुँदा ४४ कम्पनीको शेयर बढेको थियो भने १९६ कम्पानीको शेयर घटेको थियो । ४ कम्पनीको शेयर भने स्थिर रहेको थियो । आज ६६ हजार १०७ पकट किनबेच भएको थियो ।

सेन्सेटिभ इन्डेक्स पनि ३.८३ अंकले घटेको थियो । सेन्सेटिभ इन्डेक्स १.२९ प्रतिशतले घटेर ३६९.८१ विन्दुमा कायम भएको थियो । आज उपसमुहमध्ये सबै सुचक घटेको थियो ।