लघुवित्त संघर्ष समितिसँगको सहमतिले कर्जा मिनाह हुँदैन भन्ने प्रष्ट सन्देश दियो : सिइओ मण्डल
वि.सं.२०८० चैत २ शुक्रवार १८:०१
shares
काठमाडौं, २ चैत । लघुवित्तपिडित संघर्ष समिति र सरकार बीच भएको ६ बुँदे सहमतिले कर्जा छुट हुँदैन भन्ने प्रष्ट सन्देश दिएको जिवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा नेपाल लघुवित्त बैंकर्स संघ महासचिव संजय कुमार मण्डल बताउछन् ।
आज सरकार र संघर्ष समिति बीच भएको सहमति कस्तो रयो भन्ने केटिएम भ्वाइसले लिएको प्रतिक्रिया उनले यस्तो बताएका हुन् । ‘यो सहमतिले कर्जा मिनाहा हुँदैन भन्ने प्रष्ट सन्देश दियो’, सिइओ मण्डलले केटिए भ्वाइससँग भने, ‘केही व्यक्ति कर्जा मिनाह हुन्छ कि भनेर बसिरहेको थिए, तर यसले स्पष्ट सन्देश दियो ।’
संघर्ष समितिले सरकारसँग गरेका सहमति कसरी लिन्छ त्यो भने हेर्ने बाँकी नै हरेको मण्डलको भनाई छ । ‘अब यसरी सहमति गरेर गएपछि उहाँ(संघर्ष समिति)ले कसरी अगाडि बढ्नु हुन्छ भन्ने हो’, मण्डलले भने, ‘उहाँहरु फेरी ऋण मिनाहा हुन्छ भन्ने हिड्नु हुन्छ हुँदैन भन्ने हो ।’
आन्दोलनकारीसँगको सहमतिले सकारात्मक सन्देश नै दिएको सिइओ मण्डलको भनाई छ ।