‘संघर्ष समितिसँग ६ बुँदे सहमति गराएकोमा अर्थमन्त्री ज्यूलाई लघुवित्त बैंकर्स संघ धन्यवाद दिन्छ’

वि.सं.२०८० चैत २ शुक्रवार १८:३०
shares

काठमाडौं, २ चैत । लघुवित्तपीडित संघर्ष समितिसँग ६ बुँदे सहमति भएकोमा नेपाल लघुवित्त बैंकर्स संघले अर्थमन्त्री वर्षमान पुनलाई धन्यवाद दिएको छ । संघका अध्यक्ष तथा नेशनल माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामबहादुर यादवले संघर्ष समितिसँग ६ बुँदे सहमति गराएकोमा अर्थमन्त्री पुनलाई धन्यवाद दिए ।
केटिएम भ्वाइसँग प्रतिक्रिया दिँदै यादवले भने– ‘अर्थ मन्त्रालयमा मन्त्री ज्यू(वर्षमान पुन) आउने वित्तिकै संघर्ष समितिसँग सहमति गराउनु भयो, त्यसका लागि संघले धन्यवाद दिन्छ ।’
उक्त सहमतिले कर्जा लिएपनि तिर्नै पर्छ भन्ने सन्देश दिएको सममेत अध्यक्षले बताए । ‘यो सहमतिले बैंकबाट ऋण लिएपनि तिर्नै पर्छ भन्ने खालको सन्देश दिएको छ’, अध्यक्ष यादवले भने, ‘सहमति हेर्दा समग्र रुपमा राम्रो देखिएको छ ।’
अध्यक्ष यादवले सरकार र संघर्ष समितिबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रीया दिएका छन् । ‘सहमतिको सबै बुँदाहरु सकारात्मक देखिएको छ’, दावले भने, ‘यो लघुवित्तको लागि मात्र नभएर वित्तीय क्षेत्रको लागि पनि राम्रो हो ।’