GBIME

‘लघुवित्त संघर्ष समितिसँग सहमति गराएर अर्थमन्त्री ज्यूले राम्रो प्रयास गर्नु भयो, हामी आशावादी छौँ’

2.1K
shares

काठमाडौं, २ चैत । अर्थमन्त्री वर्षमान पुनको सक्रियतामा लघुवित्त पिडित संघर्ष समितिसँग ६ बुँदे भएको सहमति भएकोमा आशावादी भएको स्वाबलम्बन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नरेन्द्र सिंह विष्टले बताएका छन् ।

उनले केटिएम भ्वाइससँ प्रतिक्रीया दिँदै भन्छन्– ‘अर्थ मन्त्रालको सचिव, सह–सचिव यूसँग कुरा गर्दा पनि उहाँ(पुन)सँग काम गर्न सजिलो छ भन्ने कुरा आउने गरेको छ, उहाँले आन्दोलनग गरिरहेकालाई सहमतिमा ल्याएर मन्त्री ज्यूले राम्रो प्रयास गर्नु भएको छ, हामी आशावादी छौँ ।’

सहमति भएको ६ वटै बुँदा हेर्दा सकारात्म भएको भएपनि एउटा बुँदा भने कसरी व्याख्या हुन्छ त्यसले राम्रो नराम्रो छुटिने सिइओ विष्ट बताउँछन् । ‘आयोग गठन गर्ने बुँदा छ त्यो भनेको लघुवित्तमा भएका कम्जोरी केलाउनलाई गठन हुने भन्ने बुझ्नु भयो भने त राम्रो हुन्छ’, विष्टले केटिएम भ्वाइसँग भने, ‘त्यसलाई फेरी कर्जा मिनाह हुन्छ, आयोगले गर्छ भन्ने भाष्य शिर्जना भयो भने गलत हुन्छ ।’

सिइओ विष्टले पनि उक्त सहमतिले कर्जा लिएपनि तिर्नु पर्छ भन्ने सन्देश दिन खोजेको बताए । आन्दोलन रोकिन आफैमा राम्रो कुरा भएकाले आफुले सम्पुर्ण सहमतिलाई सकारात्म रुपले नै लिएको विष्टको भनाई छ ।

गलत गरेका लघुवित्त भए उनीहरुलाई कारबाही गर्नुपर्ने आफ्नो पहिले देखि कै भनाई रहेको र त्यो कुरा पनि सममतिमा आएकाले राम्रो भएको विष्टको भनाई छ ।

Follow Up

लघुवित्त संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति (पत्रसहित)

लघुवित्त संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति (पत्रसहित)

‘संघर्ष समितिसँग ६ बुँदे सहमति गराएकोमा अर्थमन्त्री ज्यूलाई लघुवित्त बैंकर्स संघ धन्यवाद दिन्छ’

‘संघर्ष समितिसँग ६ बुँदे सहमति गराएकोमा अर्थमन्त्री ज्यूलाई लघुवित्त बैंकर्स संघ धन्यवाद दिन्छ’

लघुवित्त संघर्ष समितिसँगको सहमतिले कर्जा मिनाह हुँदैन भन्ने प्रष्ट सन्देश दियो : सिइओ मण्डल

लघुवित्त संघर्ष समितिसँगको सहमतिले कर्जा मिनाह हुँदैन भन्ने प्रष्ट सन्देश दियो : सिइओ मण्डल

लघुवित्त संघर्ष समितिसँग ६ बुँदे सहमति सकारात्मक : लम्साल

लघुवित्त संघर्ष समितिसँग ६ बुँदे सहमति सकारात्मक : लम्साल