सबैको लघुवित्तको वित्तीय साक्षरता तालिम सम्पन्न
वि.सं.२०८० चैत ७ बुधवार १२:४०
shares

तनहुँ, ७ चैत । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनि वीक २०२४ को सप्ताहब्यापी अभियानको अवसरमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।
तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले चैत ५ गते संस्थाका आफ्ना १९ जना युवा महिला ग्राहक सदस्यहरु, १ जना स्थानीय शिक्षक तथा बाँके जिल्लाको गुलरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु गरी ४० जनाको सहभागितामा उक्त तालिम सम्पन्न गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले उक्त तालिम सम्पन्न गरेको जानकारी दिए । उक्त तालिममा प्रशिक्षकहरु विक्रम उपाध्याय, प्रतिमा शर्मा रहेका थिए ।
तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरताको परिचय, आवश्यकता र चाहना, बचतको अवधारणा तथा लक्ष्य निर्धारण, बचतको महत्व र प्रकारहरु, उपायहरु, योजना, प्रदायक संस्थाहरुको छनौट, कर्जाको योजना तथा लिन सक्ने क्षमता, सदुपयोग, जोखिम न्यूनीकरण, जोखिम परिचय र असर, विप्रेषण सेवा, अब्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु ब्यवसायको परिचय तथा महत्व, ब्यवसाय विस्तार तथा विविधिकरण, ब्यवसायिक योजना, अन्य आयश्रोतको पहिचान, साधन श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, डिजिटल बैंकिङ आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेका थिए ।
संस्थाले २०७४ आषाढ ३० गतेदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी गराए ।
लघुवित्तले २०८० फाल्गुण मसान्तसम्ममा ७० हजार ६२९ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । लघुवित्तको कर्जा ४ अर्ब १६ करोड ७३ लाख ६९ हजार ३३ रुपैयाँ, बचत १ अर्ब १७ करोड रुपैयाँ परिचालन गरेको छ ।















