बैंकिङ कसुरमा ३ दिन कैद भुक्तान नगरी फरार रहेकी गुरुङ पक्राउ
वि.सं.२०८० चैत ७ बुधवार १८:५६
shares

काठमाडौं, ७ चैत । बैंकिङ कसुर मुद्दामा ३ दिन कैद भुक्तान नगरी फरार रहेकी विद्या गुरुङ पक्राउ परेकि छिन् । नुवाकोटको ककनी घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ३८ वर्षीय गुरुङले अदातलको फैसाला कार्यन्वयन नगरेका कारण पक्राउ गरेको हो ।
न्हुच्छे माया श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विद्या गुरुङ भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ साल असार १९ गतेको फैसलाले तिन दिन कैद र बिगो आठ लाख जरिवाना तोकी फरार रहेकी गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार जोरपाटीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।















