Dhulikhel Eco Banner new

नेपाल निर्जीवन बीमा ब्यवसायी संघको अध्यक्षमा मल्ल

4.58K
shares

काठमाडौं, ८ चैत । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा ब्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित भएका छन् । प्रभु इन्स्योरेन्सबाट प्रतिनिधित्व गर्दै मल्ल अध्यक्ष्मा निर्वाचित भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सबाट मनोहर दास मुल, महासचिवमा हिमायलन एभरेस्ट इन्स्योरेन्सबाट महेन्द्र कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा नेको इन्स्योरेन्सबाट रमेश कुमार निरौला चुनिएका छन् ।

साथै, सदस्यहरुमा युनाईटेड अजोड इन्स्योरेन्सबाट आजाद श्रेष्ठ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट पवन अग्रवाल र सानिमा जनरल इन्स्योरेन्सबाट कुनाल कयाल चुनिएका छन् ।

संघले बुधबार आठौं बार्षिक साधारणसभा गर्दै नयाँ कार्यसमिति समेत चयन गरेको हो ।