Dhulikhel Eco Banner new

१० प्रतिशतले बढ्यो चकलेटको अन्त:शुल्क कर

4.5K
shares

काठमाडौं, १६ जेठ । चकलेटमा सरकारले लगाउने कर थप बढेको छ । ४० प्रतिशत भन्सार दर रहेको चकलेटमा सरकारले १० प्रतिशत अन्तःशुल्क बढाएको छ ।

यसअघि ५ प्रतिशत रहेको चकलेटमा १५ प्रतिशत अन्तःशुल्क कायम गरेको छ । आर्थिक विधेयक २०७९ले चकलेटमा लाग्ने कर थप बढाएकाले अब विदेशबाट आयात हुने मात्रै होइन, स्वदेशमै उत्पादन हुने चकलेटहरु पनि महँगिने भएका छन् ।