Dhulikhel Eco Banner new

एकै परिवारका सात जनाको मृत्युपछि शोकमा गाउँ

4.65K
shares

काठमाडौं, १६ जेठ । तारा एयरको जहाज दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएपछि धनुषाको मिथिला नगरपालिका शोकमा डुबेको छ । जहाज दुर्घटनामा मिथिला नगरपालिका ११ का राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो । उनीहरु मुक्तिनाथ दर्शनका लागि पोखराबाट तारा एयरको विमानमा जोमसोम जाँदै थिए ।

गोले र उनका आफ्न्तहरु सवार जहाज सम्पर्कविहीन बनेको समाचार थाहा पाएदेखि नै मिथिला नगरपालिका ११ का बासिन्दा चिन्तित थिए । सोमबार बिहान जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र सवार सबैको निधन भएको खबर बाहिरिएको छ । गोलेको घरमा बिहानैदेखि मानिसहरुको भीड लागेको छ ।

मृतक गोले मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोको निजी सचिवालयमा काम गर्थे । गोलेसहित परिवारका ७ जनाकै मृत्यु भएपछि मन्त्री महतोले उनको घर पुगेर परिवारलाई सान्त्वना दिएका छन् । उनको घर पुगेका मन्त्री महतो भावविह्वल देखिए ।