Dhulikhel Eco Banner new

नेपालगञ्जको वाटर पार्कमा मोटरबोट सन्चालनमा, कति लाग्छ शुल्क

3.61K
shares

नेपालगञ्ज ११ चैत। मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्ज स्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ।

१ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परिक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो बैशाखमा भब्य उद्घाटन गर्ने तयारी गरेको संचालक बि।बि। ९बिष्णु० ढकालले बताए।

खासै प्रयोगमा अनाएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरीङ गरेर प्रयोग गरेको छ ।

कम्पनीले वाटरपार्कमा मोटरबोट संचालन गरे वापत नेपालगञ्ज महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए।

कति लाग्छ शुल्करु
पर्यटकले मोटरबोट चड्न २ सय पचास रुपैयाँ तिर्नुपर्छ । बाह्रसय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्नेछन् ।

के छ आगामी योजना रु
नेपालगन्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावरस्पोर्ट्स, फ्लोटीङ रेष्टुरेण्ट, अपोजिट बन्जि, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।

यस अघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट संचालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए।