हिमालयन लाइफको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुल्ला
वि.सं.२०८० चैत १३ मंगलवार १२:०६
shares

काठमाडौं, १३ चैत । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर सर्वसाधरणको लागि विक्री खुल्ला भएको छ । कम्पनीको विद्यमान शेयर धनीले उक्त शेयर खरिद नगरेपछि सर्वसाधरणको लागि विक्री खुल्ला गरिएको छ ।
कम्पनीका अनुसार इच्छुक खरीदकर्ताहरूले चैत १३ गते(आज)देखि चैत २० गतेसम्म आवेदन दिन सक्ने छन् । उक्त शेयर हाल स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको छ ।
शेयरको मूल्य प्रतिकित्ता १७५ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन दिदा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
यी शेयर खरीदका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।

















